अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित भएको छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं डिसेम्बर २८ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन् ।

आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए। उनले भने ‘देशको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’

उनले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवम् तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उनले बताए। चेम्बरले सरकारलाई आठ बुँदे सुझावसमेत दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!