बेलायतमा कार्यरत डा. विशाल गुरुङको नेतृत्वमा नेपालमा आँखा शिविर हुने

SHARE:

लण्डन डिसेम्बर २९ ।

बेलायतमा कार्यरत डा. विशाल गुरुङको नेतृत्वमा नेपालमा आँखा शिविर हुने भएको छ ।

गुरुङको पहलमा आगामी फेब्रअरी ९ देखि १३ सम्म स्याङ्जा जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको हो । शिविरमा डा. गुरुङसहित २ जना बेलायतबाट जाने भएका छन् । नेपालका डाक्टर, नर्स गरी अन्य २० जना जम्मा २२ जना शिविरमा खटिनेछन् । उनीहरुसंग संयोजन भइरहेको डा. गुरुङले बताए ।

उनका अनुसार नेपालमा सञ्चालन गरिन लागिएको शिविरका लागि सहज होस् भनेर बेलायतमा जनवरी ६ तारिख २०२३ शुक्रबार कोष संकलन रात्रीभोज गरिँदै छ । अल्डरसटको एम्पायर हलमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म साँस्कृतिक कार्यक्रम हुने छ । बेलायतमा केही आर्थिक सहयोग संकलन गरी शिविरलाई सफल बनाउन कार्यक्रम आयोजना गरिएको डा. गुरुङको भनाई छ ।

शिविरमा सहयोग गर्न चाहनेहरु रात्रीभोजमा आउन सक्ने उनले बताए । टिकट ४५ पाउण्ड राखिएको छ । एउटा टिकट खरिद गरेमा नेपालका आँखा नदेख्नेहरुले उपचार पाउने भन्दै सहयोगको अपिल गरे । कार्यक्रममा रक्सन, राइफल ड्र समेत हुने बताए । केही टेबलहरु बुक भएको जानकारी दिए । मनकारी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थितिका लागि गुरुङले अनुरोध गरे ।

नेपालमा गरिने शिविरमा जनरल चेकजाँच, आँखाको जाँच र मोतियाविन्दुको सल्यक्रिया सेवा दिइनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!