सन २०२२ मा नेपालमा लक्ष्यभन्दा बढी पर्यटक भित्रिए

SHARE:

काठमाडौं १ जनवरी २०२३ ।

 

पछिल्लो एक वर्षमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या छ लाख नाघेको छ ।

पर्यटनको मूख्य सिजन मानिने अक्टोबर महिनामा सबैभन्दा बढी संख्यामा८८ हजार विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ। नेपालमा निर्वाचनको तयारी भइरहेको समयमा पनि नोभेम्बरमा ७२ हजार पर्यटक नेपाल आए । यी सबै विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका पाहुना हुन् । भारत र चीनसँग सीमा जोडिएको नेपालमा सडकमार्गबाट पनि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय सुधार हुँदै गएको संकेत पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । सिजन अनुसार पर्यटन आगमनले गति लिएको आगमनको यो तथ्यांकले पनि पुष्टि गरेको छ । बोर्डका अनुसार पर्यटक आगमनमा हरेक महिना सुधार हुँदै गएको र आगामी दिनअझै बढ्ने देखिन्छ । कोरोनापछिको यो वर्षमा सरकारले नेपालमा कम्तिमा ५ लाख विदेशी पर्यटक भित्रिने प्रक्षेपण गरेको थियो ।

तर, सन् २०२२ समाप्त भएसँगै सरकारले अनुमान गरेको भन्दा १ लाख १४ हजार १ सय ४८ बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन नेपाली पर्यटनको लागि निकै नै खुशीको कुरा हो । बोर्डका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा नेपालमा वर्षभरिमा सबैभन्दा बढी झन्डै १२ लाख विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ को नोभेम्बरमा मात्र नेपालमा १ लाख ३० हजार विदेशी नेपाल भित्रिएका थिए। २०१९ को नोभेम्बरको तुलनामा यो नोभम्बरमा आगमनमा झन्डै ५६ प्रतिशत सुधार देखिएको बोर्डको भनाइ छ ।

विभिन्न हवाई गन्तव्यसम्म हवाई सञ्जालले गति लिँदै गएकोले पनि आगामी दिनमा अझै धेरै विदेशी पाहुना नेपाल भित्रिने बोर्डको अपेक्षा छ । कोरोना भाइरसले सबैभन्दा बढी अत्याएको सन् २०२० र २०२१ को नोभेम्बरको आमगन भने निकै नै कमजोर थियो। सन् २०२० र २०२१ मा पर्यटक आगमनमा प्रतिबन्धका कारण कुनै महिना शून्यमा समेत झरेको अवस्था थियो ।

कुन देशबाट कति पर्यटक ?

नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आउने गर्छन् । यो वर्षभरीमा भारतबाट २ लाख ९ अजार एक सय पाँच अर्थात् कुल संख्याको ३४।०५ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ आउने गर्थे । तर, चीन सरकारले शून्य कोभिड नीति लिएर आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदा २०२२ मा चीनबाट ९ हजार ५ सय ९५ पर्यटक मात्र नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ ।

भारतपछि सबैभन्दा धेरै पर्यटक भित्रिनेमा अमेरिका र युके रहेका छन् । वर्षभरी अमेरिकाबाट ७७ हजार र युकेबाट ४४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, बंगलादेशबाट २५ हजार, श्रीलंकाबाट ४ हजार ५ सय, मलेसियाबाट ९ हजार ५ सय, दक्षिण कोरियाबाट ८ हजार २ सय, थाइल्यान्डबाट ९ हजार ८ सय, फ्रान्सबाट १६ हजार ८ सय, जर्मनीबाट १७ हजार ७ सय, नेदरल्यान्डबाट ७ हजार ५ सय, अस्ट्रेलियाबाट २६ हजार ८ सय, क्यानडाबाट ९ हजार ७ सय पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!