यात्रुले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

SHARE:


काठमाडौं ३ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा नै यो विषयमा आवश्यक कारबाही अघि बढाउन मन्त्री पौडेललाई निर्देशन दिएका हुन् । ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ सचिवालयले भन्यो ।

सोमबारमात्रै अमेरिकाबाट फर्किएका एक यात्रुले अतिरिक्त मोबाइल ल्याउँदा १८ प्रतिशत कर तिर्नुपरेको गुनासो गरेका थिए । झापाका दुधलाल नेम्वाङले ल्याएको अतिरिक्त आइफोन एयरपोर्टस्थित भन्सारका भर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने बताएका थिए । उनले कर नतिरी मोबाइल नै त्यही छोडेर हिँडेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!