युक्रेनको आक्रमणमा ६३ रुसी सैनिक मारिए

SHARE:

एजेन्सी ३ जनवरी २०२३ ।

रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा डोनेत्सकमा युक्रेनले गरेको मिसाइल आक्रमणमा आफ्ना ६३ सैनिक मारिएको स्वीकार गरेको छ ।

रुसी नियन्त्रणमा रहेको डोनेत्सकमा नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले लगातार शक्तिशाली मिसाइल आक्रमण गरेको थियो । यही समयमा रुसी सेनाले युक्रेनको राजधानी किभमा गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको थियो ।

डोनेत्सकमा गरिएको आक्रमणमा युक्रेनले ४ सय रुसी सैनिक मारिएको र ३ सयभन्दा बढी घाइते भएको दाबी गरेको थियो । रुसी रक्षा मन्त्रालयले नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले अमेरिकाबाट आपूर्ति भएका ६ वटा हिमार्स प्रोजेक्टाइल मिसाइलबाट सैन्य बारेकमा आक्रमण गरेको बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!