प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

SHARE:

काठमाडौं ३ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएको हो । सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ । पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!