सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

SHARE:

काठमाडौं ४ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भेट गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । यता अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिए ।

सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए । उनले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीहरूबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया दिए । अध्यक्ष नेपालले भने, ‘उहाँले विश्वासको मत दिनुपर्यो भनेर माग गर्नु भएको छ। हामी यसबारे पार्टीमा छलफल गर्छौं। र, टुंगो लगाउँछौं। सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन। खाली विश्वासको मतको बारेमा कुरा भएको छ। बाम पार्टीहरूको एकताको विषयमा विषय प्रवेश नै गरिएन।’

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफल समेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!