भुटनिज युथ क्लब आहा रारा गोल्ड पोखरा कपको फाइनलमा प्रवेश

SHARE:

पोखरा ५ जनवरी २०२३ ।

भुटनिज युथ स्पोर्ट्स क्लब आहा रारा गोल्ड पोखरा कपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई एक–शून्य गोलले हराउँदै पाहुना टोली भुटनिज फाइनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समयमा भुटनिज युथ स्पोर्ट्सले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक भयो ।

खेलको ८४ औँ मिनेटमा आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो । खेलमा भुटनिजका रोजिन प्रजापति म्यान अफ दि म्याच भए । २२ औँ आहा रारा पोखरा गोल्ड कपको उपाधिका लागि सङ्कटा क्लब र भुटनिज युथ स्पोर्ट्स क्लबबीच शनिवार प्रतिस्पर्धा हुने छ ।

विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!