दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको बेलायती पूर्वराजकुमाार ह्यारीको खुलासा

SHARE:

लण्डन ६ जनवरी २०२३ ।

बेलायतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् ।

आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन् । मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा उल्लेख गरेका छन् । बेलायतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलायतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको सङ्केत गर्छ ।

यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिएका थिए । ‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएा छन् । केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङ्घम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उनले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गरेका छन् ।

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाएका छन् । दाजुको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको, फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका छन् । आफू घाइेत भएपछि दाजुले क्षमा याचना गरेको पनि उनले लेखेका छन् । विश्वका १६ भाषामा प्रकाशन हुनुअघि पुस्तकको स्पेनी भाषाको प्रतिलिपि खरिद गरेको जनाउँदै एशोशिएटेड प्रेसले प्रस्तुत पुस्तकका आरोप राजपरिवारका निम्तिमात्र नभई घनिष्ट मित्रहरूका लागि पीडादायी हुनसक्ने जनाउँदै ह्यारी र शाही परिवारका अन्य सदस्यको जीवन बारेका विवरण उजागर गरेको छ ।

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको प्रसङ्गमा पनि संस्मरणमा समावेश छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!