पुन समाज युके नेतृत्वमा मेजर गम बहादुर बुदुजा

SHARE:

पुन समाज युके नेतृत्वमा मेजर गम बहादुर बुदुजा

चिम्खोले काईला – बेलायत।

आज सनिवार ०७ जनवरी २०२३, को दिन बेलायतको बेजिङस्टोकस्थित कार्निभल हलमा पुन समाज युकेको महाधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनबाट मेजर गम बहादुर बुदुजाको नेतृत्वमा नयाँ कार्यसमति सर्बसम्मतबाट चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन उमेश कुमार पुन MVO, महासचिबमा टक प्रसाद पुन, सचिबमा कृष्ण पुन, कोषाध्यक्षमा देउमान पुन र सह-कोषाध्यक्षमा तारा पुन चयन भएका छन।

अधिवेशन खुल्ला सत्र, बन्द सत्र, र निर्वाचन सत्र गरेर तिन भागमा विभाजित गरिएको थियो। पहिलो सत्र तथा खुल्ला सत्रमा संस्थाका महासचिब रुद्र पुनले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराउदै उपस्थित सम्पूर्ण महानुभाबहरुलाई आसन ग्रहण गराएका थिए। खुल्ला सत्रमा संस्थाका संस्थापक अध्यक्ष मेजर सन्त पुन MBE ले दिप प्रज्वलन गरेर खुल्ला सत्रमा बिधिबत प्रवेश गरेका थिए। सो खुल्ला सत्रमा सल्लाहकार क्याप्टेन उमेश कुमार पुनको ममतामयी आमाको स्वर्गारोहण भएकोमा मृतात्माको चिर शान्तिको कामना गर्दै अन्य स्वर्गीय सदस्यहरुको संझनामा एक मिनेट मौनधारण गरेर हार्दिक समबेदना ब्यक्त गरेका थिए। खुल्ला सत्रमा नेपाली राष्ट्रिय गीतको धुन पश्च्यात संस्थाका उपाध्यक्ष केशमाया पुनले स्वागत मन्तब्य दिएका थिए।

अधिवेशनको बन्द सत्र तथा दोस्रो सत्रमा संस्थाको तर्फबाट प्रतिवेदनहरु पेस गरेका थिए। बन्द सत्रमा पुन समाज युकेको संस्थागत प्रतिवेदन, ७ वटा शाखाहरुको प्रतिवेदन, महिला समितिको प्रतिवेदन र युवा समितिको प्रतिवेदन पुर्बबैठकमा पारित गरेको जानकारी गराएका थिए भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाका को-संयोजक सचिब राम तिलिजाले पेस गरेका थिए। राम तिलिजाले पेस गरेको आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित गरिएको थियो। संस्थाको आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित गरे पश्च्यात अध्यक्ष धन पुनले पुन समाज युकेले संस्थापनकालदेखि बर्तमानसम्मको गतिबिधिहरु र आर्थिक सहयोगको बारेमा जानकारी दिदै उनको कार्यकालमा स्थापित भएको उपसमितिहरु, प्रमुख सल्लाहकार क्याप्टेन चन्द्र पुन, सल्लाहकारहरु र कार्यसमितिलाई अमुल्य समय र सहयोगको लागि धन्यवाद दिएका थिए। उनको कार्यकालमा स्थापित भएको सम्पूर्ण उपसमितिहरु,प्रमुख सल्लाहकार क्याप्टेन चन्द्र पुन, सल्लाहकारहरु र कार्यसमितिलाई बिगठन गर्दै निर्वाचनको लागि निर्वाचन मण्डललाई हस्तान्तरण गरेका थिए।

अधिवेशनको खुल्ला सत्र र बन्द सत्रको अध्यक्षता संस्थाका अध्यक्ष धन बहादुर पुनले गरेका थिए भने महासचिब रुद्र पुनले संचालन गरेका थिए।

अधिवेशनको तेस्रो सत्र तथा निर्वाचन सत्रको प्रमुख निर्वाचन आयुक्त तथा संस्थापक अध्यक्ष मेजर सन्त पुन MVO, निर्बतमान अध्यक्षहरु अति पुन र एक पुनले सर्बसम्मतबाट निर्वाचित भएको सदस्यहरुको नामावली घोषणा गरेका थिए। सर्बसम्मत निर्वाचित अध्यक्ष मेजर गम बहादुर बुदुजालगायत अन्य पदाधिकारिहरुलाई प्रमुख निर्वाचन आयुक्त तथा संस्थापक अध्यक्ष मेजर सन्त पुन MVO ले कर्पाकेली बाबालाई साक्षी राखी कसम खुलाएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!