प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

SHARE:

काठमाडौं ८ जनवरी २०२३ ।


प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुई तिहाइ सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो। सोहीअनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिएका थिए ।

सो समय अगावै दलहरूले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए । मुख्यमन्त्री कार्कीको शपथ भने भोलि हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!