प्रधानमन्त्री कसैको पनि घेरामा निरीह भएर बस्दैन: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं ९ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कसैको पनि घेरामा निरीह भएर नबस्ने बताएका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री निरीह भएर बस्ने कुरा संविधानले नै परिकल्पना नगरेको बताए ।
‘मैले शपथ लिएर पदभार सम्हाल्दै गर्दा कतिपयले प्रधानमन्त्री घेराबन्दीमा परेर काम गर्न नसक्ने हो कि भनेर शंका गरेको पनि पाएँ’, उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति संकेत गर्दै प्रचण्डले भने, ‘संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री, प्रधानमन्त्री नै हुन्छ, कसैको घेरामा चल्न छुट छैन । प्रधानमन्त्री निरीह भएर बस्ने कल्पना संविधानले गरेको छैन ।’

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा एमाले अध्यक्ष ओली संयोजक छन् । ओलीले पटक पटक संयन्त्रले सरकारलाई मार्गदर्शन गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रम बेवारिसे नबन्ने पनि बताए ।

नराम्रो नगर्ने प्रतिवद्धताका साथ सरकार काममा जुटिसकेको बताउँदै उनले मंगलबार विश्वासको मत लिँदा सिंगो संसद नै आफ्नो पक्षमा उभिने दाबी गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!