एनआरएनए यूकेलाई अनुमोदन गरिएको सत्य होइन : कार्यकारी अध्यक्ष थापा

SHARE:


लन्डन १० जनवरी २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सुनिलबाबु खड्का नेतृत्वलाई आइसीसीले अनुमोदन गरेको भन्ने भ्रम फैलाउन म्याद सकिएका केन्द्रिय अध्यक्ष कुल आचार्य सक्रिय रहेको पाइएको छ ।

कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले खड्काको समितिलाई अनुमोदन गर्ने निर्णय गरेको भनिए पनि त्यसबारे कुनै निर्णय नभएको रविनाले प्रस्ट पारेकी छन् । ‘कुलजीले छानविन समितिको प्रतिवेदन भनेर ल्याउनु भएको थियो । तर यसमा कसैले केही भनेन । कुनै निर्णय भएको मलाई थाहा छैन’ कार्यकारी अध्यक्ष रविनाले भनेकी छन् ।

रविनाले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको नेतृत्वलाई मान्यता दिएकी छन् तर म्याद सकिएका अध्यक्ष कुल आचार्यले आफ्ना हनुमानमार्फत यो मुद्दालाई विवादमा तानिरहेका छन् । केही दिन अघिमात्र एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो सम्बन्धमा छानविन गर्न भनि गठित अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिवेदन पूर्णतः पूर्वाग्रही र एकतर्फी रहेको रविनालाई सूचित गराएका थिए ।

‘मैले संस्थाको मर्यादा, अनुशासन तथा विधि विधान विपरित अवान्छित गतिविधि गरेको भन्दै छानविन गर्न एनआरएनए अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय बमोजिम गठित समिति नै जातीय विभेदका आधारबाट प्रभावित देखिन्छ’- ‘गाहामगरले पत्रमा भनेका छन् ’म एउटा भूतपूर्व गोर्खा र जनजातीबाट नेतृत्व लिन सफल व्यक्तिलाई ब्राम्हणवादको झुण्डले हठात कारवाहीको सिफारिस गर्नु हास्यास्पदमात्र होइन्, मेरो मानहानी र इज्जत प्रतिष्ठामाथि दाग लगाउने मनसाय पनि छ भन्ने स्पष्टै छ ।’

गाहामगरले अगाडि भनेका छन् – ‘एनआरएनएको कार्यकारी अध्यक्ष कुल आचार्य र छानविन समितिको संयोजक पनि उनी आफैं हुंदा यो छानविन कसरी निष्पक्ष हुन्छ ? एनआरएनए अध्यक्ष कुल आचार्य र उपमहासचिव रामशरण सिम्खडाले मसंग व्यक्तिगत मतभिन्नता र रिसइवी सांधेर कारवाही गर्ने बहानामा विना आधार तयार गरेको प्रतिवेदन हो यो ।’

गाहामगरले उक्त प्रतिवेदन रामशरण सिम्खडा एक्लैले तयार गरेको पनि दावी गरेका छन् । ‘छानविन समितिको प्रतिवेदनबारे तपाईं कार्यकारी अध्यक्ष श्रीमति रविना थापाज्यू नै अनभिज्ञ रहेको यहां आफैंले बताउनुभएको छ । समितिमा रहेका धेरै सदस्यहरुलाई रामशरण सिम्खडाले ड्राफ्ट गरेको प्रतिवेदनबारे जानकारी नै छैन् । हतार हतार बनाइएको यो प्रतिवेदन अपूर्ण र समाज विभाजन गर्ने खालको मात्र छ । प्रतिवेदनकै कारण अहिले बेलायतको नेपाली समाज छिन्नभिन्न हुंदैछ । यसको सम्पूर्ण जिम्मेवारी कुल आचार्य र उनका हनुमानहरुले लिनुपर्छ’- गाहामगरले पत्रमा आरोप लगाएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समितिहरु स्वायत्त हुने उल्लेख गर्दै उनले एनआरएनए यूके कसरी सञ्चालन गर्ने निर्वाचित अध्यक्षको अधिकारभित्र निहित हुने पनि प्रस्ट पारेका छन् । ‘विधि विधान विपरित भनेर के आधारमा मलाई वर्खास्त गरियो ? कुन दफा र विधानले एउटा निर्वाचित अध्यक्षलाई वर्खास्त गर्न मिल्छ ? पञ्जीकृत सदस्यहरुको साधारणसभाले मात्र अध्यक्षमाथि काम कारवाहीको प्रक्रिया अगाडि बढाउन सक्छ । तर यहां टिकेहरुले बन्द कोठाभित्र प्रतिवेदनको ड्राफ्ट कोरेर मलाई हटाएको जानकारी गराए । बेलायतको नेपाली समुदायले न टिकेहरुलाई चिन्छ, न उनीहरुको कुरा सुनेर विश्वास गर्छ’- पत्रमा भनिएको छ ।

एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड आफ्नो र वहुमत सदस्यहरुको अनुमति बिना केन्द्रमा पठाइएको सम्बन्धमा पटक पटक पत्र पठाउंदा पनि कुनै जवाफ प्राप्त नभएको स्मरण गराउंदै गाहामगरले च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको उक्त पैसा तत्काल फिर्ता नगरिए कानूनी कारवाहीका लागि अगाडि बढ्ने चेतावनी पुन: दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!