सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

SHARE:

काठमाडौं १२ जनवरी २०२३ ।

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाखको धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले लामिछानेलाई अनुमति नलिई देशबाहिर नजान पनि आदेश दिएको छ । लामिछानेको पुनरावेदनमाथि सुनुवाई सकिएपछि आज उच्च अदालतका न्यायाधीश नन्द र ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए ।

आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै सन्दीपले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सन्दीपविरुद्ध एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ।

गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!