नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही गरिने

SHARE:

काठमाडौं १३ जनवरी २०२३ ।

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ ।

बैंकले आज शुक्रवार सूचना निकालेर विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवम् विवरण सार्वजनिक भएपछि बैंकले विदेशमा पैसा नलैजान सचेत गराएको हो । विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सूचनामा उल्लेख छ ।

बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंकले सूचना प्रकाशित गरेको हो ।

नेपालमा बसोवास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने बैंकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!