काठमाडौं १४ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन् । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक सम्पादकहरूसँग छलफल गरेका हुन् ।
भारत भ्रमणका लागि दूतावासले समन्वय गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने, राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि कांग्रेसहितको सहमति खोज्ने प्रयासमा आफू लागेको पनि बताए ।






