कास्की १५ जनवरी २०२३ ।

सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उन का अनुसार पोखरामा रहेको गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।






