एजेन्सी १५ जनवरी २०२३ ।

आईसीसी यु -१९ महिला विश्वकप क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ ।
दक्षिण अफ्रिकामा जारी प्रीतयोगितामा वेस्टइन्डिजले आयरल्याण्डलाई ७ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२५ रन बनाएको थियो । जवाफमा आयरल्याण्डको टिम ७ विकेट गुमाएर ११८ रनमा रोकिन पुग्यो । पहिला ब्याटिङ गरेको वेस्टइन्डिजका लागि जेदा जेम्सले ५२ रनको अर्धशतकीय पारि खेल्दा निजिनी कमब्रेचले २१ रनको नटआउट पारि खेलिन् ।
यसैगरी जेनिलिया ग्लेसोले १३ रनको नटआउट पारि खेलिन् । ओपनर सौनेल सवाले १५ रन बनाइन् । आयरल्याण्डका लागि फेरि सेरजेन्टले २ विकेट लिँदा एमी मगुरेले १ विकेट हात पारिन् । १२६ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डका लागि अनेबल साकिरीले ४२ रनको पारि खेल्दा एमी हन्टरले २१ रनको योगदान गरिन् । यसैगरी फेरि सेरजेन्टले १५ रनको नटआउट पारि खेल्दा एबी हेरिसनको ब्याटबाट १३ रन बन्यो । जाइदा जेम्सले सर्वाधिक ४ विकेट लिइन् ।
यस्तै, आजै भएको अर्को खेलमा पाकिस्तानले रुवान्डालाई ८ विकेटले पराजित गरेको हो । रुवान्डाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर १७.५ ओभरमा पूरा गरेको थियो ।






