युक्रेनमा रुसी सेनाको मिसाइल आक्रमणबाट ३० जनाको मृत्यु

SHARE:

एजेन्सी १६ जनवरी २०२३ ।

युक्रेनको निप्रो सहरस्थित एक अपार्टमेन्टमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ३० जनाको मृत्यु भएको छ ।

आक्रमणपछि अपार्टमेन्टबाट उद्धार गरिएकामध्ये ३० जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १२ जनाको अवस्था गम्भीर छ। यो अपार्टमेन्टमा अझै ३० देखि ४० जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुको खोजी जारी रहेको र जिवितै निकाल्न सकिने सम्भावना न्यून रहेको निप्रो सहरका मेयर बोर्यस फिलाटोभले बताए। उनले मृत्यु हुनेको संख्या दर्जनौँ पुग्न सक्ने बताए ।

आपतकालीन उद्धारकर्ताहरुका अनुसार मध्ये–पूर्वी युक्रेनको निप्रो सहरमा रहेको उक्त नौ तले अपार्टमेन्टको भग्नावशेषभित्र मानिसहरु चिच्याएको सुनिएको बताएका छन्। अत्यधिक चिसोका कारण उद्धारको कार्य प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!