गोर्खाहरुका समस्या समाधानबारे पूर्वप्रधानमन्त्री भट्टराईलाई पत्र

SHARE:

काठमाडौं १६ जनवरी २०२३ ।

ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी बिजिडब्लुएसका सदस्य तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रि.ले चन्द्रबहादुर गुरुङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईलाई उनकै निवासमा गई संस्थाको तर्फबाट भूतपूर्वक ब्रिटिस गोर्खाहरुका समस्या समाधानबारे पत्र बुझाएका छन् ।

बिजिडब्लूएसका अध्यक्ष मे.रि टिकेन्द्र दल देवान जेपीले लेखेको पत्रमा डा. भट्टाराईको बेलायत भ्रमणको क्रममा सन् २०१६ मा गोर्खा भवन पनि आएको स्मरण गरेका छन् । पत्रमा गोर्खाहरुलाई नेपाली नागरिकताबाट बञ्चित गर्न नहुनेमा बढी जोड दिइएको छ । गोर्खाहरुलाई ब्रिटिस नागरिकता दिँदा नेपाल सरकारले कुनै रोकतोक नगरेकाले उनीहरुको नेपाली नागरिकता कायमै हुनुपर्दछ भन्ने उल्लेख गरिएको छ । “गैरआवासीय नेपालीहरु धेरै खालका छन् । गोर्खाहरुलाई एउटै रुपमा हेर्नु हुँदैन । २०८ वर्ष ब्रिटिस सेनामा लगातार सेवारत र सेवामै रहेका सेना र परिवारको नेपाली नागरिकता खोसिनु हुँदैन ।”

पछिल्लो समय ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्प राणा घलेले ज्यानको बाजी लगाई लन्डनमा भोक हडताल बसेपछि मात्र वेलायत र नेपाल सरकारबीच गोर्खाहरुको पेन्सन र अन्य विषयमा वार्ता शुरु भएको छ । नेपाल सरकारले नेपाली राजदूतलाई पूर्ण अधिकार दिएको छ । वार्ता रोकिनु हुँदैन र नेपाल सरकारले सक्रिय अडान कायम राख्नु पर्दछ भन्ने पत्रमा उल्लेख छ । पत्र बुझाउने क्रममा एनआरआन यूकेका निवर्तमान अध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका निवर्तमान अध्यक्ष कमल गुरुङ, नेपाल समाजवादी पार्टी बेलायतका अध्यक्ष सुमित्र राईलगायतको उपस्थिति थियो ।

चन्द्र गुरुङले एनआरएनए आइसीसीमा रहेर २०१९–२०२१ को “गोर्खा टाक्स फोर्स” अभिभारा लिई गोर्खाहरुको नेपाली नागरिकताबारे नेपाल सरकारमा धेरै पहल गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!