सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री दाहालको आग्रह

SHARE:

काठमाडौं १७ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले सो आग्रह गरेका हुन् । राष्ट्रियता लगायतका सबै राजनीतिक इस्यूहरुमा सहकार्यका साथ अघि बढन बैठकमा प्रधानमन्त्रीले सबै दलहरुलाई आग्रह गरेको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढन सकिने ओपन धारणा राखेको उनले बताइन् । बैठकमा एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारुढ दलहरुको तर्फबाट सबै राजनीतिक दलहरुलाई धन्यवाद समेत दिएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै राष्ट्रिय इस्यूहरुमा भने सहमती गरेर अघि जान तयार रहेको धारणा राखेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!