डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्डबाट सम्मान गरिने

SHARE:

काठमाडौं १७ जनवरी २०२३ ।

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ।

बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ। बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ। डा। रुइत उक्त सम्मान पाउने पाँचौं व्यक्ति हुन्।

मंगलवार बहराइनमा आयोजित पुरस्कार घोषणा समारोहमा शेखका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका क्षेत्रमा गरेको कामका लागि छनोट गरिएको जानकारी दिए। डा.रुइतले मोतीबिन्दु भएका विरामीको उपचार गर्ने सरल विधि विकास गर्नुका साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए।

यसबाट विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद सन् २०१३, भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त सन् २०१५०, इजिप्टको बालबालिका क्यान्सर अस्पताल सन् २०१७ र पाकिस्तानको इदी फाउन्डेशन सन् २०१९ लाई प्रदान गरिएको थियो ।

२०२०‚ २०२१ र २०२२ मा कोभिडका कारण उक्त अवार्ड घोषणा गरिएको थिएन । यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर, स्वर्णपदक र प्रमाणपत्र फेब्रुअरी महिनामा प्रदान गरिनेछ। युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनको नेतृत्वमा रहेको निर्णायक मण्डलले डा. रुइतलाई छनोट गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!