यी हुन् नेपालको मन्त्रिपरिषद् बैठकका निर्णय

SHARE:

काठमाडौं १८ जनवरी २०२३ ।

बुधबार अपराह्न बसेको बिस्तारित मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी, बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद् बैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रिपरिषदमा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताए।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ। मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, बैठकले प्रतिक्विटल उखुको मूल्य ५४० रुपैयाँ तोकेको छ। सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताए।

मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!