राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १९ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएका छन् ।

बिहीवार सभामुख चुनावपछि संसद् बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास जारी राख्ने बताएका हुन् । उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए । उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए ।

उनले भने, ‘आज सभामुखको निर्वाचनमा हामी सत्ता साझेदार दल सबै एक ठाउँमा उभियौं। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो। भोलि उपसभामुखको निर्वाचन हुन्छ ।’राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए। उनले भने‚ ‘हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौं।’

उनले सत्ता साझेदार दलहरू सबै एक ठाउँमा उभिएको बताए। उनले सत्ता साझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!