भूकम्पमा परेर बाजुरामा एकको मृत्यु, २५ भन्दा बढी घर भत्किए

SHARE:

काठमाडौं २४ जनवरी २०२३ ।

भूकम्पमा परेर बाजुरामा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो गएको भूकम्पमा परेर गौमुल गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा घाँस काट्न गएकी महिलाको भूकम्प जाँदा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले भूकम्प जाँदा खसेको ढुंगा लागेर स्थानीय जमुना रोकायाको मृत्यु भएको स्थानीयले आफूलाई जानकारी दिएको बताए ।

प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पुग्न लागेको भन्दै उनले विस्तृत विवरण भने आउन बाँकी रहेको बताए । डीएसपी थापाले मंगलबार साँझ साढे ५ बजेसम्म २५ वटा भन्दा बढी घरहरु भत्किएको सूचना आएको बताए । मंगलबार दिउँसो मैला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!