तमुधीं युकेद्वारा सहारा क्लबलाई ५५ हजार सहयोग

SHARE:

लण्डन २६ जनवरी २०२३ ।

 

तमुधिं युकेद्वारा सहारा क्लबलाई नगद ५५ हजार सहयोग पोखरा । तमुधिं युकेले सहारा क्लबलाई ५५ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा बिहीबार आयोजित कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष विनु राना मगरलाई उक्त सहयोग हस्तान्तरण गरे । उक्त सहयोगसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकको खाजा तथा खानालाई रु २० हजार हस्तान्तरण गरे ।

विस २०६३ मा पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाइसकेको छ । अहिले एकेडेमीमा १५ बालक अध्ययनरत छन् । कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए ।

तमुधीं युकेका संस्थापक सदस्य तथा सहारा युकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!