देशको अर्थतन्त्र अझै चिन्ताजनक छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २६ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरू राम्रो नभएको स्पष्ट पारेका छन् । उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताए । उनले भने‚ ‘अहिले हामी अप्ठेरो अवस्थामा छौँ। आर्थिक रूपले परिसूचक त्यति राम्रा छैनन्। चिन्ताजनक छन्। यस्ता वेला मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मलाई चुनौतीको विषय बनेको छ। सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु।’

प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए । उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारका तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिबद्धता जनाए ।

उनले भने‚ ‘अहिले एकातिर निःशुल्क स्वास्थ्य सेवा दिने र स्तरीय स्वास्थ्य सेवा दिने झन्डै ३ सय शय्याको अस्पताल बनाउने कुरा गरेका छन् । सरकारका तर्फबाट जग्गा उपलब्ध गराउने कुरामा सरकारबाट पहल गर्ने विश्वास दिन चाहन्छु ।’प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!