राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन जना सदस्य नियुक्त

SHARE:

काठमाडौं ३० जनवरी २०२३ ।

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन जना सदस्य नियुक्त गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र शाहीलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेकी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् भने शाक्य पूर्वराजदूत हुन्। आयोगको उपाध्यक्षमा यसअघि सरकारले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमणलाई सहमति पनि दिएको उनले जानकारी दिइन्। श्रीलंकाको स्वतन्त्रताको ७५ औं वर्षगाँठमा सहभागी हुन मन्त्री पौड्याल जानेछिन् । बैठकले परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!