पाकिस्तानको पेशावरस्थित मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

SHARE:

एजेन्सी ३१ जनवरी २०२३ ।

पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ।

घटनामा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशानामा परेको बताइएको छ । हालसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ।

तेहरिक–ए–तालिबान पाकिस्तान नामको यो अतिवादी समूहले गत वर्ष नोभेम्बरमा युद्धविराम समाप्त गरेको थियो। त्यसयता पाकिस्तानको सीमा क्षेत्रमा हिंसा बढेको बीबीसीले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!