नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

SHARE:

कैलाली २ फेब्रुअरी २०२३ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ ।

सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले चौधरीलाई भोलि शुक्रवार धनगढी जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको बताए ।

कैलालीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई १० वर्षअघि ट्र्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालतले छ महिना कैद र आठ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

फैसलापछि केही समय फरार रहेका चौधरीलाई प्रहरीले खोजी नगर्दा उनि खुला राजनीतिमा आएर सांसदसम्म बनेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!