सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी

SHARE:

काठमाडौं २ फेब्रुअरी २०२३ ।

क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

आज उनलाई अभ्यासका लागि बोलाइएको थियो । नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो । उच्च अदालत पाटनको आदेशमा दुई साताअघि सशर्त २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वकप्तान सन्दीपलाई हालै बसेको क्यानको बैठकले निलम्बन फुकुवा गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पनि नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलाउन समस्या नहुने जनाइसकेको छ।

सन्दीप आज केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए। उनी टोलीमा फर्किएसँगै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ । नेपालले आगामी फेब्रुअरी १४ बाट त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय सिरिज खेल्दैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!