१४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न
गुमान सिङ थापा
यहि मिति शनिवार ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापा मगर को १४६ औँ
स्मृतिदिवस मगर भवन बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा सम्पन्न गरेको छउक्त कार्यक्रममा नेपालका प्रथम शहिद लखन थापामगरलगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको स्मृतिमा १ मिनेट मौनधारण गरिएको गरेपछि मगर संघ युकेका अधक्ष्य सीता पुनमगरले प्रथम शहिदको तस्बिरमा दिप प्रज्वलन, खादा, जल र फुलको गुच्छा अर्पण गरेका थिए I
उक्त स्मृति दिवसमा गैर आबसीय नेपाली संघ (एनआरएन) युकेका अधक्ष्य श्री प्रेम गाहामगर, जनजाती महासंघ युकेका अधक्ष्य श्री कर्म पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अधक्ष्य श्री थर्क रानामगरले आ-आफ्नो भनाइ राखेका थिए । सो कार्यक्रममा संस्थाका सचिव श्री गोमन सिङ पुनले नेपालको प्रथम शहिद लखन थापामगरको वारेमा संक्षिप्त भनाइ राखेका थिए ।
कार्यक्रममा मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएचडी छात्रवृति कोषका नेपाल संयोजक मेजर कृष्ण कुमार आलेले लखन थापामगरको नाममा भएका कार्यहरु जस्तै: गोर्खाको बुङ्ग कोटस्थित लखन थापा प्राथमिक बिद्यालयलाई खरिद गरिदिएको जमिन तथा लखन थापा स्मृति कोषको बारेमा जानकारी गराएका थिए भने मगर संघ युकेले संचालन गरेको मगर मास्टर डिग्री तथा पीएचडी छात्रवृति कोषको वारेमा समेत जानकारी दिएका थिए।
मगर संघ युकेका अधक्ष्य श्रीमती सीता पुनको सभपतित्वमा संचालित कार्यक्रम संस्थाका महासचिब महासचिव गुमान
सिङ थापामगरले संचालन गरेका थिए।
कार्यक्रममा एन आर एन युकेका अध्यक्ष श्री प्रेम गाहा मगर, जनजाती महासंघ युके का अध्यक्ष श्री कर्मा पहाडी शेर्पा, मगर संघ युके का संस्थापक अधक्ष्य श्री थर्क राना मगर, पुर्व अध्यक्ष मेजर कुल थापा मगर, मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएच डी छात्रवृति नेपालका संयोजक श्री कृष्ण कुमार आले, युएचएसवी शाखाका अध्यक्ष श्री ऋषि राम राना, शाखा सचिव श्री गणेश बुराथोकी, शाखा कोषाधक्ष्य श्री गोप सिंजाली मगर, शाखा महिला प्रमुख र उपाधक्ष्य श्रीमती धना रोका मगर र अन्य सदस्यहरु, उपस्थित बुवा आमाहरु, कार्यसमितिका उपस्थित सदस्यज्युहरु, सल्लाकारहरु मगर संघ युके युवा संयोजक श्री अनिल थापामगर, युवा सचिव सुश्री बिपना थापामगर, युवा सहसचिव सुश्री मेरिन पाइजामगर, युवा मिडिया पर्सन अमित राम्जालीको उपस्थिति रहेको थियो I







