नेपालको अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १२ फेब्रुअरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आइतवार नेपाल आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरूलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए ।

उनले भने, ‘नेपालमा पहिलो कृषि नै हो । कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरूतिर जोड दिने एउटा अभियानतिर देशलाई लैजान सकिएन भने आत्मनिर्भरता हुने या अर्थतन्त्रमा सुधार गर्ने अन्य उपायहरू सहायक नै हुन्छन् । कृषिमा सुधार, त्यसका लागि चाहिने अन्य आवश्यक प्रविधि, ज्ञान, सिपको विकास नै प्राथमिकतामा पर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक विकासको निम्ति सङ्घीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताए । उनले संविधानले परिकल्पना गरेअनुसार सङ्घीय संरचना चलाउने ऐन नै नबनाइकन सङ्घीयता उपयुक्त भएन भन्ने निष्कर्ष निकाल्न नहुने जिकिर गरे । नागरिकलाई अधिकार सम्पन्न बनाउनेतिर ध्यान जान जरुरी रहेको भन्दै नागरिकमा गएको अधिकार खोस्नु दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आफूले अहिले देशको अर्थतन्त्र सुधारको विषयलाई उच्च प्राथमिकता दिएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!