
नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो
नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा भब्य प्रदर्शन भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको अल्डरसर्ट एम्पायर हलमा भब्य प्रदर्शन भएको छ। चलचित्र सैना, पाईला फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको सामाजिक कथानक चलचित्रमा नेपालीहरुले मित लगाउने तथा सैना लगाउने चलनलाई यथार्थमा उतारिएको छ । यस चलचित्रले रगतको साइनो भन्दा भावनाको साइनो यथार्थ हुन्छ भन्न खोजिएको छ। उक्त चलचित्र हेर्न गएका सम्पूर्ण दर्शकहरुलाई भाबुक बनाएको छ।
चलचित्र सैनाको प्रदर्शनमा प्रमुख अतिथि गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर थिए भने बिशेष अतिथिहरुमा मेयर बिष्णु गुरुङ, उपमेयर लक्ष गुरुङ र काउन्सिलर नेम थापालगायत बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाका अध्यक्षहरुको बाख्लो उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई पुर्बमिस युके नेपाल दुर्गा गुरुङले आसन ग्रहण, स्वागत र संचालन गरेका थिए भने प्रमुख अतिथि गहामगरले शुभकामना मन्तब्य दिएका थिए। चलचित्र सैना हेर्न आएका सम्पूर्ण दर्शकहरुलाई निर्माता लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण प्रसाद गुरुङले हार्दिक धन्यवाद दिएका थिए।
उक्त फिल्मस् बेलायतवासी ले. कर्ण प्रसाद गुरुङ र पान कुमारी (प्रेरेणा) गुरुङले निर्माण गरेका हुन् भने अन्य निर्माताहरु देब कुमारी गुरुङ, कुमारी गुरुङ र टोल प्रसाद गुरुङ रहेका छन। ले. गुरुङको परिकल्पनामा तयार पारिएको पटकथालाई लोकप्रिय कलाकार तथा निर्देशक उमान सिङ (मोत्सेतुङ) गुरुङले पटकथा तथा सम्बाद लेखेका छन भने उनै मोत्सेतुङ गुरुङले चलचित्र सैनालाई निर्देशन गरेका छन। चलचित्रको सह-निर्देशकमा अर्जुन गुरुङ रहेका छन।
चलचित्रमा नायक बिश्वात्मा गुरुङ, नायिकाहरु स्नेह गुरुङ र बन्धना घर्तिमगरले चलचित्र ङ्हेल्स्यो (सैना) मा दमदार अभिनय गरेका छन। अन्य कलाकारहरुमा सुसन गुरुङ, थमान गुरुङ, देब कुमारी गुरुङ, मिलन क्रोम्छे तमु, इन्द्र माया गुरुङ, किरण गुरुङ, कुमारी गुरुङ, टोल प्रसाद गुरुङ र गल गुरुङले अभिनय गरेका छन। मनोज गुरुङको शब्द, रचना र संगीत रहेको गीतलाई तेजेन्द्र गुरुङले संगीत भरेका छन। गायनतर्फ मनोज गुरुङ, मेलिना राई, मिलन अमात्यले स्वर दिएका छन।
स्मरण रहोस, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङमा चलचित्र सैना प्रदर्शन भएको थियो। उक्त प्रदर्शनबाट उठेको रकम उक्त नगरपालिका अन्तरगत पर्ने बोबाङ खोलामा अप्रत्याशित रुपमा आएको बाढीले अभिभावक गुमाएका अनाथ बालबालिकाहरुका लागि शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका थियौं ।
चलचित्र ङ्हेल्स्यो (सैना) का मुख्य निर्माता यूके निवासी ले. कर्ण गुरुङ र उहाँको सुपुत्र दिनेश गुरुङबाट व्यक्तिगत रुपमा ढोरपाटन नगरपालिका रहेका जनता आधारभूत विद्यालय सुप्राङ र सरस्वती माध्यमिक विधालय सुपुर्दुङमा अध्ययन गर्ने ६५ जना विद्यार्थी बाबुनानीहरुलाई शैक्षिक सामाग्री, स्कुले पोशाक (पुरै सेटमा) र विद्यालयको कार्यालय प्रयोजनका लागि फर्निचर (दराज) २ थान सहयोग गरेका थियौं ।
चलचित्रका निर्माता ले. कर्ण गुरुङ र प्रेरेणा गुरुङले बेलायतका बिभिन्न स्थानहरु चलचित्र प्रदर्शन हुने जानकारी गराउदै उक्त प्रदर्शनहरुबाट उठेको रकम पनि यस्तै परोपकारी कार्यहरुमा खर्च गरिने लक्ष रहेको जानकारी दिएका छन।






