टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

SHARE:

एजेन्सी १४ फेब्रुअरी २०२३ ।

गत सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ ।

भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा बढ्दै गएको हो । यद्दपी जीवित्तै उद्धार गर्ने सम्भावना भने टर्दै गएको उद्धारकमीहरुले बताएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।

संयुक्त यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई वेवास्ता गरेको आरोपमा हालसम्म १ सय १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रहरुका वासीन्दालाई विदेशी दातृ निकायबाट प्राप्त सहयोग वितरणको काम पनि थालिएकाले भूकम्प पीडितहरुलाई राहत मिलेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!