नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो

SHARE:

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो
चिम्खोले काईला

मंगलवार १४ फेब्रुअरी २०२३ – बेलायत। नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनको मुख्य कक्षमा सजिएको छ। सो तस्बिर लखन थापा स्मृति दिवसको दिन मंगलवार १४ फेब्रुअरी २०२३ मा सजिएको छ।

स्मृति दिवसको पहिलो चरणमा नेपाली दुतावास लण्डनका उपनियोग प्रमुख रोशन खनालले उपस्थित सम्पूर्ण महानुभाबहरुलाई आसन ग्रहण गरेपछि नेपालको राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो। राष्ट्रिय धुन प्रस्तुत गरे पश्च्यात बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यले दियो प्रज्वलन गरेका थिए।दियो प्रज्वलन पश्च्यात उपस्थित सम्पूर्ण महानुभाबहरुले नेपालका प्रथम सहिदको तस्बिरमा खडा र पुष्प गुच्छा अर्पण गरेका थिए। तस्बिरमा खडा र पुष्प गुच्छा अर्पण गरेपछि नेपालका सम्पूर्ण सहिदहरुको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो।

स्मृति दिवसको दोस्रो चरणमा मगर संघ युकेका अध्यक्ष सिता पुन र नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले आ-आफ्नो मन्तब्य राखेका थिए। मन्तब्यमा दुवै बक्ताहरुले प्रथम सहिदको स्मृति दिवसको लागि निमन्त्रणा गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। आगामी बर्षहरुमा सहिद दिवसको दिनमा नेपाली रादुतावास लण्डनले नेपालका प्रथम सहिद लखन थापालगायत नेपालका अन्य सम्पूर्ण सहिदहरुको संझनामा स्मृति दिवसको आयोजना गरिदिएमा तथा यस कार्यलाई निरन्तरता दिएमा मात्र सम्पूर्ण सहिदहरुको आत्माले चिरशान्ति पाउने थिए भन्ने मनसाय राखेका थिए।

मन्तब्यकोक्रममा महामहिम राजदुतले नेपालका प्रथम सहिद लखन थापाको स्मृति दिवसको दिनमा स्मृति दिवस दुतावासमा मनाउन पाउदा तथा प्रथम सहिदको तस्बिर पनि दुतावासको मुख्य कक्षमा राख्न पाउदा गौरबको महसुस भएको मनसाय ब्याक्त गरेका थिए। उनले आगामी बर्षहरुमा पनि यस कार्यलाई निरन्तरता दिने आश्वासन दिएका थिए । नेपालका प्रथम सहिद लखन थापाको तस्बिरलाई दुताबासको मुख्य कक्षमा सजाउनाले प्रथम सहिदको बारेमा जान्न र बुझ्न चाहनेहरुलाई प्रेरेणाको श्रोतहुने बताएका छन ।

स्मृति दिवसको तेस्रो चरणमा नेपालका प्रथम सहिद लखन थापाको तस्बिरलाई दुतावासको मुख्य कक्षको भित्तामा सजाईएको थियो भने उपस्थित सम्पूर्णले प्रथम सहिदको तस्बिरसंग समुहमा तस्बिर खिचेका थिए।

बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यको अध्यक्षतामा संचालित कार्यक्रमलाई नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले संचालन गरेका थिए। उक्त स्मृति कार्यक्रममा श्रीमती महामहिम ज्ञानचन्द्र आचार्य, दुतावासका उपनियोग प्रमुख रोशन खनाल, सहचार्य कर्नेल रत्न बहादुर गोदार, सचिब गजेन्द्र राई, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, महासचिब बिमला सेने, मगर संघ युकेका अध्यक्ष सिता पुन, उपाध्यक्षहरु रुद्र थापा, निर्मला थापा, महासचिब, गुमान सिङ्ग थापा, निबर्तमान महासचिब बम थापा सूर्यवंशी, सांस्कृतिक सचिब सरु राना (तेन्याङ्), युवा संयोजक अनिल थापा र एभेरेष्ट टाइम्स युकेका सम्पादक तथा मगर संघ युकेका निबर्तमान अध्यक्ष दुत पुन (चिम्खोले काईला) को उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!