नुवाकोटमा बस दुर्घटना: ३ जनाको मृत्यु,२३ जना घाइते

SHARE:

काठमाडौं १६ फेब्रुअरी २०२३ ।

नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन्। मृतक एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। बस बिहीबार अपराह्न सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!