सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउछौं : प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १७ फेब्रुअरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका छन् ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन कायम रहेको बताए । प्रधानमन्त्री दाहाल र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले एक / दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताए ।

आगामी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धन दुई कित्तामा देखिएका छन् । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गनुपर्ने पक्षमा देखिएको छ भने एमालेले आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनुपर्ने बताउँदै आएको छ ।

पछिल्लो सयम प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरुबीच छलफल बाक्लिदै गएपछि एमाले शशंकित देखिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!