नेपालमा दैनिक २० वटा मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको तथ्याङ्क सार्वजनिक

SHARE:

काठमाडौं १९ फेब्रुअरी २०२३ ।

नेपालमा औसतमा दैनिक २० वटाभन्दा धेरै मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको सन् २०२२ को तथ्याङ्कअनुसार नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लङ्घनका घटना भइरहेका पाइएको हो । इन्सेकको तथ्याङ्कअनुसार सन् २०२२ मा नेपालमा सात हजार तीन सय ७६ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको छ । सन् २०२२ मा नेपालमा तीन सय ३२ जनाको हत्या, ३५ जनाको अपहरण भएको छ । कारागारभित्र मात्रै ५३ जनाको ज्यान गएको छ ।

इन्सेकले राजनीतिक प्रकृतिका मानव अधिकारका घटनामा केही कमी भए पनि सामाजिक र जनजीविकाको क्षेत्रमा देशको अवस्था सुधार हुन नसकेको उल्लेख गरेको छ । कार्यपालिकाले कसरी सत्ता टिकाउने र लम्ब्याउने भन्नेतिर आफ्नो ध्यान केन्द्रित गर्दा जीवनको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन नसकेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच इन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा समेटिएका सात हजार तीन सय ७६ घटनामध्ये चार हजार दुई सय २८ जना महिला पीडित देखिएको छ । सन् २०२२ मा मानव बेचबिखनको प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा तीन हजार ३१ जना, बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा पाँच सय पाँच जना, बलात्कार प्रयासमा एक सय ४५ जना, यौन दुर्व्यवहारमा एक सय ४५ जना र बेचबिखनका घटनामा २४ जना महिला पीडित भएका छन् । यस वर्ष पारिवारिक हत्याका घटनामा एक सय ११ महिला मारिएका छन् भने भनेजति दाइजो नल्याएको आरोपमा एक महिलाको हत्या भएको छ ।

नेपालमा परम्परागत र प्रथाजनित अभ्यास वा अन्धविश्वासका कारण हुँदै आएका उत्पीडन, हत्याका घटनाले यस वर्ष पनि निरन्तरता पाउनु दुःखद विषय भएको र यस वर्ष घरेलु हिंसा तथा बोक्सीको आरोपमा सामाजका सदस्यबाट हुने हत्याका घटनाबाट महिलाको जीवनको अधिकारको समेत उल्लङ्घन भएको पुस्तकमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!