रुसलाई घातक खालका हतियार नदिन अमेरिकाद्वारा चीनलाई चेतावनी

SHARE:

एजेन्सी १९ फेब्रुअरी २०२३ ।

अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिएका हुन् । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला वाङ र ब्लिंकेनबीच भेटवार्ता भएको हो ।

आइतबार बिहान एनबीसी न्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा ब्लिंकेनले चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दावी गरे । यदि चीनले त्यस्तो काम गरेको खण्डमा अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउने सन्देश दिएको ब्लिंकेनले बताए। चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै बाहिर ल्याउने पनि उनले दावी गरे । चीन र रुसबीच गत वर्ष सीमाहीन सम्बन्धको सम्झौता भएकाले पश्चिमा देशहरु कतै चीनको सहयोगमा रुस युक्रेनमाथि हावी हुने त होइन भन्ने त्रासमा रहेका छन् ।

चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!