बेलायतमा एक वर्षमा घरेलु हिंसाका २४ लाख घटना

SHARE:

लण्डन २० फेब्रुअरी २०२३ ।

बेलायतमा घरेलु हिंसालाई थप कडाइकासाथ निगरानी गर्दै यस्ता घटना राष्ट्रिय खतराको सूचीमा राखिने भएको छ ।

घरेलु हिंसाका अपराधलाई सहयोग गर्न सरकारले ८.४ मिलियन पाउण्ड लगानी गर्ने भएको छ । गएको एक वर्षमा मात्र इंग्ल्याण्ड र वेल्समा २४ लाखभन्दा बढी घरेलु हिँसा भएको बीबीसीले बताएको छ । जसअन्तर्गत पांचमध्ये एकजनाको घरेलु हिंसाका कारण हत्या भएको ‘होम अफिस’ को तथ्यांकले देखाएको छ ।

महिला तथा बालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न प्रहरी बललाई विशेष प्राथमिकता दिइने प्रधानमन्त्री ऋषि सुनकले आफ्नो योजनामार्फत घोषणा गरेका छन् । ‘कुनै पनि महिला वा बालिकाले आफ्नो घर वा समुदायमा कहिल्यै असुरक्षित महसुस गर्न नपरोस् र यस्ता डरलाग्दो अपराधहरू हटाउन म कटिबद्ध रहनेछु’, सुनकले भने । अपराधीलाई नियन्त्रण गर्न कडा व्यवस्था अपनाउने र दोषीहरुलाई न्यायको कठघरामा ल्याउने सरकारको पहलले यस्ता हिँसा रोक्न मद्दत पुग्नेछ । सबैभन्दा ठूलो प्रकृतिको घरेलु हिंसा गर्नेलाई आतंकवादको रुपमा सम्बोधन गरि इलेक्ट्रोनिक ट्याग लगाइने छ ।

थप दुर्व्यवहार गर्नेलाई हिँसा र यौन अपराधीको रुपमा दर्ता गरिने सरकारले बताएको छ । महिला र बालिकाविरुद्धको हिंसालाई बेलायतमा पहिलोपल्ट राष्ट्रिय खतराको सूचीमा वर्गीकृत गरिएको छ । यस्ता अपराधसंग सम्बन्धित व्यक्तिलाई कम्तिमा एक वर्षसम्मको कैदको पनि व्यवस्था हुनेछ । उक्त नयाँ व्यवस्था बेलायतका तीन क्षेत्रमा परीक्षण गरिनेछ, जसले दुर्व्यवहार गर्नेहरूलाई इलेक्ट्रोनिक ‘ट्याग’ लगाइने र व्यवहार परिवर्तन कार्यक्रमहरूमा सहभागी गराइनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!