टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

SHARE:

एजेन्सी २१ फेब्रुअरी २०२३ ।

टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ।

सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको टर्कीको सरकारी समाचार संस्था अनादलुले जनाएको छ । नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको भूकम्पको सिरियामा पनि प्रभाव परेको छ। दुई देशमा गरि ६०० भन्दा धेरै घाइते भएका छन्।

केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!