युक्रेन २३ फेब्रुअरी २०२३ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार कीभको यात्रा गरेका छन् ।
“युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ ,” सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियो सहित ट्वीट गरेका छन् ।
“युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,” उनले स्पेनिस भाषामा ट्वीट गरेका छन् ।






