वैदेशिक रोजगार विभागद्वारा परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक

SHARE:

काठमाडौं २३ फेब्रुअरी २०२३ ।

वैदेशिक रोजगार विभागले अब परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक लगाएको छ ।

केही दिनयता विभागको नियमित काम प्रभावित हुने गरी पिडितको नाममा कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गर्ने र कार्यालयमा आतंक मच्याउने काम भएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार यसले कार्यालयको काम गर्ने वातावरण बिग्रिएको भन्दै विभागले गुनासाहरुलाई कानुनी बाटोबाट ल्याउन आग्रह गरेको हो । अब कार्यालय प्रवेशमा कडाइ गरिएको र विभागमा आउने सेवाग्राहीसँग अनिवार्य परिचयपत्र साथमा हुनुपर्ने नियम बनाइएको उनले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!