राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउने ८ दलबीच सहमति

SHARE:

काठमाडौं २४ फेब्रुअरी २०२३ ।

 

आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने ८ दलबीच सहमति भएको छ ।

शुक्रबार बालुवाटारमा बसेको बैठकमा कांग्रेस उम्मेदवारलाई सघाउन ८ दल सहमत भएका हुन् । ‘आज राष्ट्रपतिको मात्र कुरा भयो । कांग्रेसको उम्मेदवारलाई सघाउने ८ वटा दल सहमत भएका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो ।

आज बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!