राष्ट्रपतिका लागि आठ दलबीच जे भयो त्यही नै राष्ट्रिय सहमति हो: प्रचण्ड

SHARE:

काठमाडौं २५ फेब्रुअरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि आठ दलबीच भएको सहमति नै राष्ट्रिय सहमति भएको जिकिर गरेका छन् ।

महेन्द्रनारायण निधिको एक सय एक औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सहमतिको सुत्रधार बन्न गरेको प्रस्ताव अस्वीकार गरेको बताए ।

‘केपी ओलीजीसँग बालुवाटारमा कुरा गर्दा तपाईँ र म राष्ट्रिय सहमतिको सुत्रधार बनौं, ठूलो दलको हैसियतमा राष्ट्रपति कांग्रेसलाई दिऊँ, तपाईँको सभामुख छन्, राष्ट्रियसभाका अध्यक्ष छँदैछन् भनेको उहाँले मान्नुभएन।’ प्रचण्डले भने, ‘त्यहाँ केही छन् त्यतापटि अहिले बढी जान चाहन्न । तै पनि आठ दलको बीचमा जे भयो त्यो राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाइ छ।’

उनले एमाले पनि अब कतै जान सक्ने अवस्था नरहेको बताए। ‘एमाले पनि अब कतै जान सक्ने स्थिति छैन। हो प्रतिपक्षमा जान सक्नुहुन्छ उहाँहरू, करिब करिब जानुभयो ।’ राप्रपाका सबै मन्त्रीहरुले राजीनामा दिएको भन्दै उनले अब सरकार पुनर्गठन हुने बताए।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न नसक्नेहरुसँग गठबन्धनमा रहँदा आफूले दुई महिनाभित्रै तितो अनुभव गरेको प्रचण्डको भनाइ छ। त्यसैले स्वभाविक र सहज प्राकृतिक कोर्स सुरु गरेको प्रचण्डले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!