बेलायतको सुइण्डनमा नेपालको चर्चित हिमालको नाउँद्वारा सडकको नाउँ नामकरण गरियो।

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बेलायतको सुइण्डनमा नेपालको चर्चित हिमालको नाउँद्वारा सडकको नाउँ नामकरण गरियो।

जयराम तामाङ -बेलायत

गत फेब्रुअरी २४ तारिख शुक्रबारको दिन नेपाली समाज विल्शायरको अध्यक्ष ज्ञान प्रसाद गुरुङ र वांहको टिमको अथक प्रयास र पहलमा नयाँ निर्माणधिन ओकफिल्ड बस्तीमा नेपालको चर्चित हिमाल अन्नपूर्णको नाममा सडकको नाम अन्नपूर्ण ओए ( Annapurna way ) राखिएकोछ ।

बेलायतको विभिन्न ठाउँमा नेपालीहरुले नेपालको नाउँलाई उच्च पार्दै विभिन्न ओहदामा काम गरिरहेको भए पनि बेलायतको सुइण्डन्मा नेपाली समाज विल्श्यारको इतिहासमा भने पहिलो पटक नयाँ निर्माणधिन ओकफिल्ड बस्तीमा नेपालको प्रसिद्ध हिमाल अन्नपूर्ण को नाममा सडकको नाम अन्नपुर्ण ओए नामकरण गरिएको हो। उक्त अन्नपुर्ण मार्ग नामकरणको औपचारिक उद्घाटन बेलायतको सुइण्डनको लागि बेलायती सांसद तथा पूर्व कानून मन्त्रि सर रोबर्ट बक्ल्यांडद्वारा गरिएको थियो। नेसनवाइड बिल्डिंग सोसाइटिद्वारा निर्माणधिन ओकफिल्ड नयाँ बस्तीमा उक्त अन्नपुर्ण मार्ग रहेको छ।

नेपाली समाज विल्शायरद्वारा बाटो नामकरण समारोहको आयोजना गरेको थियो। सुइण्डनकै अर्को एउटा सडक सयोगबस मिल्न गएको धादिंग जिल्ला गजुरी गाउँ पालिकाको एउटा गाउँ वाल्सिंग गाउँसंग मिल्न गएको वाल्सिंगाम नाम रहेको सडक पनि सुइण्डन्मा रहेकोछ। उक्त समारोहमा भलिबल कोर्टको पनि उद्घाटन गरिएको थियो। समाजको अधक्ष ज्ञान प्रसाद गुरुङ र टिमको सक्रिय पहलमा नेपालीहरुको लागि नयाँ भलिबल कोर्ट औपचारिक रुपमा स्विण्डन बर्हो काउन्सिलका मेअर अब्दूल अमिनद्वारा उद्घाटन गरिएको थियो।

नेपाली समाज विल्शायरलाइ सुइण्डन बर्हो काउन्सिलद्वारा भलिबल कोर्ट उपलब्ध गरिएको हो। उक्त भलिबल कोर्ट बहुउद्देश्यको रुपमा प्रयोग गर्न सकिनेछ। जसमा भलिबल, टेनिस , बास्केटबल जस्ता खेलहरु खेल्न मिल्नेछ। कार्यक्रमको संचालन समाजका सचिब भवानी गुरुंगले गरेको थियो।

नेपाली समाज विल्शायरद्वारा आयोजित उक्त समारोहमा संस्थापक अध्यक्ष शन्त पून , मेअर अब्दूल अमिन र अध्यक्ष ज्ञान प्रसाद गुरुङले दीप प्रज्वलन गरि कार्यक्रमलाइ सुरु गरेको थियो। नेपाली समाज विल्शायरले विभिन्न उपलब्धिहरु र नयाँ योजनाहरु अगाडी बढाइ नेपाली समाजलाई मात्र नभई पुरा सुइण्डको अरु समाज तथा सरकारी निकायहरुलाई पनि सकारात्मक योगदान पुर्याएकोमा समाजका अध्यक्ष ज्ञान प्रसाद गुरुङ र सचिब भवानी गुरुंगलाई पूर्व कानून मन्त्रि सर रोबर्ट बक्ल्यांडले प्रसंसा पत्र प्रदान गरेको थियो भने सदस्यहरुलाई मेअर अब्दूल अमिनले उच्च मुल्याकन गर्दै प्रसंसा पत्र प्रदान गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!