एलन मस्क बने फेरी विश्वकै धनी व्यक्ति

SHARE:

एजेन्सी २८ फेब्रुअरी २०२३ ।

स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार केही समय अघि दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरदेखि फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटानका सीईओ बर्नार्ड अर्नाल्ट पहिलो नम्बरमा रहेका थिए । टेस्लाको स्टक मूल्यमा बढोत्तरी भएसँगै मस्क पुनः पहिलो नम्बरमा आएका हुन् । मस्कको अहिले कुल सम्पत्ति १८७ दशमव १ विलियन डलर पुगेको छ । अ

र्नाल्टको सम्पत्ती १८५ दशमलव ३ विलियन डलर रहेको छ । विद्युतीय कार निर्माण टेस्लाको शेयर सन् २०२३ सुरुदेखि नै बढिरहेको छ । सन् २०२२ को अन्त्यमा २ सय विलियन डलरको सम्पत्ति गुमाएर मस्क इतिहासमै सबै भन्दा धेरै नोक्सान ब्यहोर्ने धनाढ्य पनि बनेका थिए ।

गत डिसेम्बर मस्कको सम्पति १ सय ३७ विलियन डलरमा झरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!