नेपालमा एलपी ग्यासको मूल्य ३ सय ३९ रुपैयाँले बढ्यो

SHARE:

काठमाडौं १ मार्च २०२३ ।

 

इण्डियन आयल कर्पोरेशन आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्थाअन्तर्गत आज १ तारिखमा नयाँ मूल्यसूची आएको हो । नयाँ मूल्य सूची अनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिण्डर बढेर आएको छ । यस सँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिण्डर २ हजार चार सय ३५ रुपैयाँ पुगेको छ । तर, निगमले प्रतिसिलिण्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आएको छ ।

यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा घटेको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ पाँच पैसा घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ४० पैसा घटेर आएको छ ।

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ नाफा हुनेछ भने एलपीजी ग्यासको घाटा मात्रै १५ दिनमा ९३ करोड रुपैयाँ हुने निगमले जनाएको छ । यो घाटालाई अन्य पेट्रोलियम पदार्थको मूल्यले समायोजन गरेपछि दुई हप्तामा ४० करोड नाफा हुने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!