पोखरा २ मार्च २०२३ । मिलन ग्रुप अफ नेपालको महासचिवमा सागर पौडेललाई चयन गरेको छ । मंगलबार पोखरा-२ स्थित मिलन फाउन्डेशन नेपालको शाखा सम्पर्क कार्यालय मोहोरिया टोलमा बसेको बैठकले पौडेललाई महासचिवमा चयन गरेको हो । बाजुङ सम्पर्क समाज कास्कीको सचिव समेत रहेका सागर पौडेल स्काउट र शिक्षण पेसामा आबद्ध छन् ।
जसको संरक्षकमा सावित्रीकुमारी गुरुङ, संस्थापक संयोजक दुर्गा मिलन गुरुङ र कोषाध्यक्षमा भिक्रम गुरुङ (विक्रम) रहेका छन् । संस्थापक संयोजक गुरुङ पर्वत मञ्च हङकङको अध्यक्ष र नेपाली जनप्रगतिशील मञ्च हङकङका अध्यक्ष समेत हुन् ।
मिलन ग्रुप अफ नेपालको परिकल्पना सन् २०२२ मा गरिएको थियो । जसको सन् २०२३ अप्रिल ३ तारिख संस्था स्थापना दिवसको अवसरमा आयोजित बृहत् शैक्षिक एवं साँस्कृतिक कार्यक्रममा मोदी गाउँपालिका-५ बाजुङ पर्वतबाट विधिवतरुपमा सार्वजनिक गरिने संस्थापक संयोजक दुर्गा मिलन गुरुङले बताए । यो संस्था विभिन्न क्षेत्रमा सामाजिक काम गर्ने संस्थाहरुका छाता संस्थाको रूपमा रहनेछ । जस्तैः शिक्षा, स्वास्थ्य, कृषि, पुनःनिर्माण र सामाजिक क्षेत्र आदि । मिलन ग्रुप अफ नेपालको उद्देश्य आफ्नो मातहतमा रहेका यी संस्थाहरुले गरेको काम हेर्ने, सहयोग गर्ने र सुझाव दिने रहेको छ ।






